Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

  • काठमाडौं । नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

    नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर रु पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् । विन नेपाल लघुवित्त नौ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक नौ दशमलव ८२, कालिका लघुवित्त पाँच दशमलव ५२, पिपल्स पावर चार दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

    यस्तै, न्यादी ग्रुप अफ पावर नौ दशमलव २०, गुडविल फाइनान्स पाँच दशमलव ६५, छ्याङदी हाइड्रोपावर चार दशमलव ७९, इस्टर्न हाइड्रोपावर चार दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले चार दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij