Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सोनाम वाङ्गचुक ३६ घण्टापछि रिहा !

सोनाम वाङ्गचुक ३६ घण्टापछि रिहा !

  • काठमाडौं । लद्दाखकी वातावरणीय कार्यकर्ता सोनाम वाङ्गचुक रिहा भएका छन् । दिल्ली प्रवेश गर्ने क्रममा सिँघु सीमामा रोकेर हिरासतमा राखिएका वाङ्गचुक ३६ घण्टापछि बुधबार रिहा भएकी हुन् ।

    उनले वातावरणसँग सम्बन्धित सन्देश धेरैभन्दा धेरै मानिसहरूमा पुगेकोले आफू खुसी भएको बताएकी छन् । लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैठौं अनुसूचीमा समावेश गर्न माग गर्दै वाङ्गचुक लेहबाट पैदल दिल्ली पुगेका थिए ।

    बुधबार गान्धी जयन्तीको अवसर पारेर रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै वाङ्गचुकले वातावरणलाई क्षति हुनबाट जोगाउन जनताले सरल जीवनशैली अपनाउनुपर्ने बताएका छन् ।

    वाङ्गचुकले भनेका छन्, ‘हामीले सरकारलाई ज्ञापनपत्र बुझाएका छौं र हिमालय पहाड बचाउन संवैधानिक प्रावधानअनुसार लद्दाखको संरक्षण गर्न अनुरोध गरेका छौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij