Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अमेरिकामा हेलेन आँधीका कारण अहिलेसम्म १८० जनाको मृत्यु

अमेरिकामा हेलेन आँधीका कारण अहिलेसम्म १८० जनाको मृत्यु

  • काठमाडौं । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुगेको छ । दक्षिण-पूर्वी अमेरिकी राज्यहरू यसबाट प्रभावित छन् ।

    राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना गएका थिए र आँधीका कारण भएको विनाश हेर्न गएका थिए । जबकि ह्यारिस बुधबार जर्जिया गएकी थिइन् ।

    सयौं मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

    बाइडेनले आँधीबाट प्रभावित छ राज्यहरूमा ६ हजार नेशनल गार्ड सदस्यहरू र ८ हजार ८ सय संघीय सहायताकर्मीहरूलाई मद्दत गर्न १ हजार सक्रिय सेना पठाएका छन् ।

    जनतालाई राहत सामग्री पुर्‍याउने काम भइरहेको छ । गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीका कारण भएको विनाश हेर्न जर्जिया गएका थिए ।

    दुर्गम क्षेत्रमा बस्ने मानिसहरु सम्पर्कमा आउन सकेका छैनन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन् – बाइडेले बिहीबार फ्लोरिडा र जर्जियाको पनि भ्रमण गर्नेछन् ।

    गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो । यो चार श्रेणीको आँधी हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij