Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

धरौटी बुझाएर रिहा भए रास्वपा पूर्वसांसद ढाकाकुमार

धरौटी बुझाएर रिहा भए रास्वपा पूर्वसांसद ढाकाकुमार

  • काठमाडौं । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

    images
    images
    images

    श्रेष्ठ ७५ हजार रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेका ४८ वर्षीय श्रेष्ठ २७ भदौमा पक्राउ परेका थिए ।

    यसअघि गत साउन ३ गते पोखरा २ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।

    त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको थियो । मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाबाले सांसदबाट निकालेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij