
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
उक्त छुट सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा ८ प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij