Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

  • काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

    अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाईडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा आक्रमण भएको थियो ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । यो स्पष्ट छ कि उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू थिए ।

    युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ । मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर साझा गर्दै विज्ञप्ति जारी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij