
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर -४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले सदाका लागि बिदाइ गरेको हो ।
सन् २००८ मा नेपाल भित्र्याएको यो जहाजले आफ्नो उडान साइकल पूरा गर्दा नेपाली आकाशमा १८ लाख यात्रु बोकेको छ ।
उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । जहाजलाई सम्मानस्वरुप पानीको फोहोरा दिएर बिदाइ गरेको हो ।
नेपालको आन्तरिक उडान तथा एटीआरको इतिहासमा उडान अवधि पूरा गरी डिकम्पोजमा जान लागेको पहिलो विमान हो ।
आजदेखि यात्रु बोक्न नपाउने उक्त जहाजलाई नेपालमै डिकम्पोज गर्ने कि विदेश पठाउने खुल्न सकेको छैन । जहाजको स्वागत तथा बिदाइमा विशेष कार्यक्रम गर्ने प्रचलन छ । उक्त जहाजमा एटीआरका प्रतिनिधि, बुद्ध एयरका प्रतिनिधिसहितले आज अन्तिम फ्लाइट स्वरूप माउन्टेन फ्लाइट गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij