Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

  • काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन ।

    यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ ।

    त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो ।

    यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij