
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका-६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई शङ्का लागि चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ४२ वर्षीय राम दयाल बर्मन, ३३ वर्षीय अमित राय र ४६ वर्षीय राज कुमार घोस रहेका छन् ।
कुल २९ लाख बराबरको समान र चालकलाई मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij