
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । रौतहटमा एक युवकको शव फेला परेको छ । वृन्दावन नगरपालिका-१ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
भेटिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ । बरामद शवको सनाखत भएको छैन । मृतकको पहिचान खुलाउनका लागि सबैले सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij