Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

इजरायली सेनाको गोलीबाट २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु

इजरायली सेनाको गोलीबाट २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु

  • काठमाडौं । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले हानेको गोली टाउकोमा लाग्दा २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु भएको छ ।

    दोहोरो नागरिकता भएकी आयसेनुर इज्गी एगी नाब्लस नजिकैको बेटा सहरमा नयाँ यहूदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन् । स्थानीय सञ्चारमाध्यमका अनुसार इज्गीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन् ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij