Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह- 'पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्

रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह- 'पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्

  • काठमाडौँ । युक्रेनमा रातभर रुसको आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहयोगीहरूलाई 'पेरिसमा भएको सम्झौता कार्यान्वयन गर्न' आग्रह गरेका छन्।

    images
    images
    images

    जेलेन्स्कीले युक्रेनमा ८०० भन्दा बढी ड्रोन र १३ वटा मिसाइल प्रहार गरिएको बताउदै चार ब्यालिस्टिक मिसाइल समेत आक्रमण गरिएको उल्लेख गरेका छन् । हालै पेरिसमा भएको बैठकमा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीहरूबारे छलफल गरिएको थियो । जेलेन्स्कीले बैठकमा सहयोगीहरू बीच सहमति भएका कुराहरू कार्यान्वयन गरिनुपर्ने बताएका हुन् ।

    images

    पेरिसमा भएको सहमतिमा युक्रेनलाई युरोपले सुरक्षा ग्यारेन्टी दिने बताइएको थियो । अर्कोतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम पछि 'आश्वासन बल' पठाउन युक्रेनका सहयोगीहरूको कुनै पनि सुझावलाई अस्वीकार गरेका छन् ।

    उनले युक्रेनमा त्यस्ता सेनाहरू यसको लागि वैध लक्ष्य हुने चेतावनी दिएका छन् । रूसले रातारात ड्रोन र मिसाइलहरूले युक्रेनमाथि गरको आक्रमणपछि प्रतिक्रियामा, युक्रेनले पनि रूसमा ड्रोन आक्रमण गरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट