
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । हरितालिका तीजको ३ दिनसम्म पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सो क्षेत्रमा भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो ।
तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।
कसैले यसको विपरित कार्य गरे कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij