Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तालिम दिने भन्दै वडाअध्यक्षको छोराले होटलमा लगे किशोरी

तालिम दिने भन्दै वडाअध्यक्षको छोराले होटलमा लगे किशोरी

  • काठमाडौं । तालिमको लोभ देखाएर १९ वर्षीया किशोरीमाथि भएको बलात्कार भएको घटना उजागर भएको छ । घटनाको खुलासा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भएको हो । घटनालाई राजनीतिक दबाबले लुकाउने प्रयास भए पनि असफल बनेको हो ।

    images
    images
    images

    रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी र वडाध्यक्षका छोरासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    भदौ ५ गते, उद्यम विकास सहजकर्ता मुकेश चौधरीले किशोरीलाई तालिम दिने भन्दै मोटरसाइकलमा होटल पुर्‍याएर जबरजस्ती गरेका थिए ।

    पीडितका आफन्तले गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र ३५ वर्षीय बन्टी पाण्डेलाई प्रहरीलाई बुझाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले दुई कर्मचारीसहित तीन जनालाई बलात्कार आरोपमा पक्राउ गरेको पुष्टि गरेका छन् । पीडित किशोरीले बयान दिँदै, ‘तालिमको बहानामा जबरजस्ती करणी गरिएको’ बताएकी छन् ।

    घटना सार्वजनिक भएपछि राजनीतिक दबाबको प्रयास भइरहेका छन् । तर प्रहरीले निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले दोषी जोसुकै भए पनि कानुनी सजाय पाउनुपर्छ भन्दै प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij