Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जापानमा शानशान आँधीका कारण ६ जनाको मृत्यु

जापानमा शानशान आँधीका कारण ६ जनाको मृत्यु

  • काठमाडौं । जापानमा शानशान आँधीको प्रकोप देखिएको छ । धेरै रेल र हवाई उडानहरू रद्द गरिएका छन् ।

    यो विगत दशकहरूमा सबैभन्दा शक्तिशाली आँधी हो, जसले आफ्नो बाटोमा आउने शहरहरूमा विनाश गरिरहेको छ ।

    जापानको दक्षिणपश्चिमी क्षेत्रमा आएको शानशान आँधीका कारण ६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । हजारौं जनता बिजुलीविहीन जीवन बिताइरहेका छन् ।

    बिहीबार दक्षिणी टापु क्युसुमा २५२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएपछि सरकारले मानिसहरूलाई सतर्क रहन निर्देशन दिएको थियो ।

    अहिले आँधी कमजोर भएको छ । तर, अझै पनि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

    अहिले उत्तर–पूर्वतर्फ सर्दै आगामी २४ घण्टामा ३ सय मिलिमिटर वर्षाको सम्भावना रहेको छ । आँधी प्रभावित क्षेत्रमा पहिरो, बाढी र ठूलो क्षतिको चेतावनी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij