Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

  • काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ । हमासले गाजामा बन्दि बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ ।

    सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ । सबै मृतकको परिवारलाई जानकारी गराइसकिएको छ ।

    सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो । ६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दाबी गरिएको छ ।

    लडाइँका बीच अमेरिका, इजिप्ट र कतारका मध्यस्कर्ताको प्रयासमा युद्धविरामका लागि पहल पनि जारी छ । सो वार्ता सफल भएमा इजरायली कारगारमा रहेका प्यालेस्टिनी कैदीको बदलामा हमासले सबै बन्धक मुक्त गर्नेछ ।

    बाँकी रहेका ९७ बन्धकमध्ये २७ जना मारिएको अनुमान गरिएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij