Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जापानको बेरोजगार दर २.७ प्रतिशत

जापानको बेरोजगार दर २.७ प्रतिशत

  • काठमाडौं । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमा बढेको सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

    स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ । तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।

    विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए तर, बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij