Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जापानमा सामुद्रिक आँधी, तीन जनाको मृत्यु, ३९ घाइते

जापानमा सामुद्रिक आँधी, तीन जनाको मृत्यु, ३९ घाइते

  • काठमाडौं । जापानमा आएको सामुद्रिक विपत् शान्सान टाइफूनमा परी तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ७० वर्ष उमेर समूहका दम्पती तथा ३० वर्ष उमेर समूहका एक युवक भएको बताइएको छ । मृत्यु हुने तीनै जना पाँच जनाको एकै परिवारका सदस्यहरू थिए ।

    यस्तै ३९ जना घाइते भएका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार दक्षिणी जापानमा आएको टाइफूनको कागोसिमा प्रिफेक्चरमा आएको थियो ।

    २५२ किलोमिटर प्रतिघण्टाको दरले आएको टाइफूनले बाढी, पहिरो र आँधी एकै पटक आएको बताइएको छ ।

    जापानमा अहिले साढे २५ हजार घरपरिवारमा विद्युत बन्द भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij