Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बनर्जीको घोषणा

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बनर्जीको घोषणा

  • काठमाडौं । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन् ।

    मुख्यमन्त्री बनर्जी भनिन् ‘आगामी साता संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छौं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौं ।

    यदि उनीहरूले विधेयक स्वीकृत गरेन भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौं । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।'

    कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ भने राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij