Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चक्कु प्रहारबाट जर्मनीको जोलिङ्गेनमा तीन जनाको मृत्यु

चक्कु प्रहारबाट जर्मनीको जोलिङ्गेनमा तीन जनाको मृत्यु

  • काठमाडौं । पश्चिमी जर्मनीको जोलिङ्गेन सहरमा एक व्यक्तिले केही व्यक्तिमाथि चक्कु प्रहार गरेका छन् । यस हमलामा तीन जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    सहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो । आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।

    प्रहरीले शहरभर खोजी कार्य गरिरहेको छ । प्रहरीले खोजी कार्यका लागि हेलिकप्टर पनि प्रयोग गरिरहेको छ ।

    जिलिंगेन शहर जर्मनीको एक औद्योगिक सहर हो र शुक्रबार यस शहरको ६५० औं स्थापना दिवसको अवसरमा एक समारोहको आयोजना गरिएको थियो ।

    आक्रमणपछि प्रहरीले फ्रानहफ बजारलाई तुरुन्तै खाली गराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij