
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् ।
उनलाई शनिबार साँझ पेरिसको बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको हो । जानकारीका अनुसार दुरोभ निजी जेटबाट अजरबैजानबाट बोर्जेट विमानस्थल पुगेका थिए । फ्रान्सेली प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
मिडिया रिपोर्टहरूका अनुसार फ्रान्सेली भन्सारसँग संलग्न फ्रान्सको एन्टी फ्रड अफिसका अधिकारीहरूले शनिबार साँझ फ्रान्सेली-रूसी अर्बपतिलाई पक्राउ गरेका हुन् । टेलिग्राम प्लेटफर्मले मनी लान्ड्रिङ, लागूऔषध ओसारपसार र पेडोफाइल सामग्री साझेदारी गर्न प्रयोग गरिएको आरोप छ ।
पक्राउ पुर्जी जारी भएदेखि टेलिग्रामका संस्थापकले फ्रान्स र युरोप भ्रमण गरेका थिएनन् । यसैबीच, फ्रान्सले टेलीग्राम, लागूपदार्थको तस्करी, बालबालिका विरुद्ध अपराध, र ठगीमा संलग्नतामा संयमताको कमी र कानून प्रवर्तनसँग असहयोग गरेको आरोपमा डुरोभलाई पक्राउ पुर्जी जारी गरेको थियो । रुसी मूलका टेलिग्रामका संस्थापक हाल दुबईमा बस्छन् । टेलिग्रामका विश्वभर ९० करोडभन्दा बढी प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij