
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । इटालीको सिसिली नजिकै भूमध्यसागरमा डुबेको लक्जरी बायेसियन याटभित्र थप दुई जनाको शव फेला परेको छ ।
सिसिलीको सिभिल प्रोटेक्शन एजेन्सीले बीबीसीलाई यस कुराको पुष्टि गरेको छ र जहाज भित्र यी शवहरू भेटिएको बताएको छ । यसअघि जहाजभित्र थप दुई शव फेला पारेर किनारमा ल्याइएको थियो ।
बुधबार भेटिएका यी चार शवको पहिचानबारे अहिलेसम्म अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् । सोमबार डुबेको यो याटमा रहेका दुई व्यक्ति अझै बेपत्ता छन् ।
जहाजमा सवार व्यक्तिहरूको खोजी गर्न सिसिलीको पूर्वमा पोर्टिसेलो बन्दरगाहबाट उद्धार कार्य भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij