Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुदाँ १८ जनाको मृत्यु

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुदाँ १८ जनाको मृत्यु

  • काठमाडौं । आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । 

    सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको जानकारी स्थानिय प्रहरीले दिएको छ । हिजो अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने ३६ जना घाइते भएका जनाएको थियो ।

    सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ । घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको थियो ।

    कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए । जसका कारण क्षति कम भएको जनाईएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij