
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन् । फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो ।
भट्टले धनगढीमा फाउन्डेसनका माध्यमबाट खुला आकाशमुनि सडक जीवन व्यतीत गरिरहेका बेसहारा, शारीरिक तथा मानसिक रूपमा दुर्बल महिलाको संरक्षण गर्दै आएकी छन् । हाल फाउन्डेसनमा उनले ६४ जना महिला र १२ जना बालबालिकालाई संरक्षण गरिरहेकी छन् ।
फाउन्डेसनमा ज्यान गुमाउने परिवारको पत्ता लाग्न नसकेका महिलालाई दागबत्ती दिने र काजक्रियासमेत कल्पनाले नै गर्दै आएकी छन् । मानवीय सेवामा समर्पित रहेको भन्दै संघले भट्टलाई सम्मान गरिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij