Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालको कुल सार्वजनिक ऋण कति छ त ?

नेपालको कुल सार्वजनिक ऋण कति छ त ?

  • काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुगेको छ । कुल गार्हस्थ उत्पादन अर्थात् सिंगो अर्थतन्त्रको आकार नै ५७ खर्ब ४ अर्ब ८४ करोड रहेकोमा सार्वजनिक ऋण अर्थन्त्रको ४२.६५ प्रतिशत हुन आएको छ ।

    images
    images
    images

    राजस्व असुलीमा कमी आएपछि सरकारले ऋण परिचालन बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै सरकारले एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैँया ऋण परिचालन भएको जनाएको छ । सरकारले असार महिनामा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख ऋण परिचालन गरेको थियो ।

    आर्थिक वर्ष २०८०/८१ मा ऋण भुक्तानीका लागि सरकारले ३ खर्ब ३० अर्ब रुपैँया बजेट विनियोजन गरेकोमा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋण भुक्तानीमा विनियोजित बजेटको ९२.५४ प्रतिशत खर्च भएको छ ।

    ऋण भुक्तानी दायित्व बढ्दै जाँदा सरकारले विकास निर्माणमा गर्नुपर्ने खर्च संकुचित हुँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले १४ खर्ब २२ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य राखेकोमा १० खर्ब ३० अर्ब रुपैँयामात्र उठाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij