Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

छापा

कैलालीको गोदाममा छापा

कैलालीको गोदाममा छापा

३५ लाखभन्दा बढीको लत्ताकपडासहित एक जना नियन्त्रणमा

  • काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सहित सप्लायर्सका संचालक ३४ बर्षिय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ ।

    AGNI GROUP

    नं.३४ गण कैलाली, प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको लत्ताकपडा सहित गोदाम संचालक लाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएको सामान र ब्यक्ति लाईआबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट