
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने रास्वपाले जनाएको छ ।
राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । त्यस्तै केन्द्र र प्रदेशमा भएका क्लोज क्याम्पका एजेण्डामा पनि छलफल हुनेछ ।
राष्ट्रिय भेलामा विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लवरलिडरसिप एकेडेमी लगायतमा छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij