Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीवार जवाफ दिने भएका छन्। बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्ताव राखेका थिए।
उक्त प्रस्तावमाथि ५ दिनसम्म चलेको अन्य पदाधिकारी तथा सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। मंगलवार उपमहासचिव हरिबोल गजुरेलसहित १४ जना नेताहरूलेबोलेसँगै यो क्रम सकिएको पार्टी सचिव गणेश साहले जानकारी दिए।
बुधवार संसद्मा टीआरसीसम्बन्धी छलफलमा हुने भएकाले अर्को बैठक बिहीवार ११ बजे बोलाइएको र अब उक्त बैठकमा अध्यक्षले जवाफ दिने तय भएको सचिव साहले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij