
Apr 22 2025 | २०८२, वैशाख ९ गते
साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको करेक्सन आयो । ८.१८ अंकले घट्दै नेप्से २९२३.४६ को बिन्दुमा झर्यो ।
यसदिन कारोबारमा आएका यस दिन कारोबारमा आएका २४३ कम्पनीमध्ये ८० कम्पनीको मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको भने स्थिर रह्यो ।
करेक्सन आएपनि यसदिन ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । भने २ कम्पनीको मूल्य सर्किट लेबलमा बृद्धि भयो ।
मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो भने विन्ध्यबासिनी हाइड्रोपावर र शुभम् पावरको मूल्य ९ प्रतिशतले बढ्यो ।
यस्तै, मंगलबार प्रोगेसिभ फाइनान्सको मूल्य ७ प्रतिशतले बढ्दो गोर्खा फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij