
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । हृदयाघातबाट पाकिस्तानी गायिका तथा संगीतकार हानिया असलमको निधन भएको छ । उनकी बहिनी जेब बंगाशले इन्स्टाग्राममार्फत यो दुःखद खबर सार्वजनिक गरेकी छन् ।
हानिया र जेब दुवै बहिनी मिलेर संगीत सिर्जना गर्थे । उनीहरूले पाकिस्तानको कोक स्टुडियोबाट चर्चा कमाएका थिए । ‘चल दिए’ उनीहरूको चर्चित गीत हो ।
कराँचीमा जन्मिएकी हानियाले अमेरिका र बेलायतमा अध्ययन गरेकी थिइन् । उनले क्यानडामा अडियो इन्जिनियरिङमा डिप्लोमा हासिल गरेकी थिइन् ।
बलिउडमा पनि उनको योगदान रहेको छ । आलिया भट्ट अभिनीत हिट फिल्म ‘हाइवे’मा उनले ‘सूहा साहा’ गीत गाएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij