Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रेकर्ड बनाउँदै नेप्से !

रेकर्ड बनाउँदै नेप्से !

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारले रेकर्ड बनाएको छ । बजार खुलेको सुरुवाती चरणबाटै सकारात्मक लयमा हुइँकिएको नेप्से कारोबार समय सकिँदा ७० दशमलव ८१ अंकले बढेर २९३१ दशमलव ६५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३३९ कम्पनीको २ लाख ८३ हजार पटकको कारोबारमा ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ रहेको छ ।

    आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा घटेको छ भने ३ वटा स्थिर रहेको छ । १० दशमलव ५६ अंकले सेन्सेटिभ इन्डेक्स बढेको छ भने ५ दशमलव ७६ अंकले फ्लोट इन्डेक्स वृद्धि भएको छ ।

    यद्यपि, १३ उपसमूहमध्ये ११ वटामा हरियाली छाउँदा निर्माण कम्पनीहरू राताम्मे भएका छन् । आज ८ सय १५ दशमलव ८१ अंकले जीवन बीमा कम्पनी बढेको छ ।

    सोमबार सुर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, रसुवागढी हाइड्रोपावर, स्वोत गंगा हाइड्रोपावर, शुभम् पावर र भिजन लुम्बिनी ऊर्जा लगायतका ७ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जसमा सबैभन्दा बढी कमाउनेमा हाइड्रोका लगानीकर्ता रहेका छन् ।

    त्यस्तै, आज हिमालयन रिइन्स्योरेन्सको कारोबार रकम सबैभन्दा बढी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij