Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बचतकर्तालाई रकम फिर्ताको व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह

बचतकर्तालाई रकम फिर्ताको व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह

  • काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिको छानबिन अन्तिम चरणतिर पुगेको छ । समितिले बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालकलगायतसँग सोधपुछ गरिरहेको छ ।

    images
    images
    images

    सोमबार सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी गराए ।

    सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् ।


    सुमेरु सहकारीले यसअघि सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतवद्धता गरेको थियो । सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरणअनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij