
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँदीका गहना चोरी भएका हुन्।
शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। ओझाको घरमा कोही नभएको मौकामा बुधवार बिहान गिरीले चोरी गरेका थिए। उनले सुन, चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेका कैलाली प्रहरीले बताएको छ। कैलाली प्रहरीले गएराति गिरीलाई सुतेको अवस्थामा पक्राउ गरेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij