Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो जिल्ला प्रशासन कार्यालय रूपन्देही

कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो जिल्ला प्रशासन कार्यालय रूपन्देही

  •  

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट कार्यालय घोषित भएको छ। गृहमन्त्रालय सँग गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा अन्य ७६ वटा जिल्लालाई उछिन्दै रुपन्देही उत्कृष्ट बनेको हो।

    AGNI GROUP

    गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेको थियो। जसअनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा रुपन्देही प्रथम भएको हो।

    जिल्ला प्रशासन कार्यालयमा आउने मुद्धाहरुको व्यवस्थापन, मिटरब्याज पीडितहरुको  व्यवस्थापन, विपद् व्यवस्थापन, संघ संस्थाहरुसँगको समन्वय, कारागार र बाल सुधारगृहको व्यवस्थापन, शान्ति सुरक्षा तथा सुशासन, लागुऔषध न्यूनिकरण, परियोजनाहरुको निरिक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा, राजमार्गहरुको व्यवस्थापन लगायत जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कामहरुको मूल्यांकनको आधारमा गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अंक दिने गर्छ। उक्त मूल्यांकनमा रुपन्देहीले १०० अंकमा ९८ अंक प्राप्त गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij