Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

ट्रम्पलाई मार्ने षड्यन्त्र गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

ट्रम्पलाई मार्ने षड्यन्त्र गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

  • काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई इरानसँग जोडेका छन् ।

    ४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको छ । रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए । 

    कुनै राजनीतिज्ञ वा अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने मंगलबार एफबीआई निर्देशकले बताएका थिए । आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरिएको थियो । अहिले उनलाई न्यूयोर्कमा राखिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij