
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज २ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुन पनि तोलामा १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ८५ रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij