
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सिराहाको गोलबजारमा अपरिचित व्यक्तिको शव आज फेला परेको छ । गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
मृतक पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमकोलागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए ।
उनले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij