
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आउँदैछिन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणको लागि भारत आउन लागेकी हुन् ।
बिबिसी बंगलाको रिपोर्ट अनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकोप्टरमा बांग्लादेशको राजधानी ढाकाबाट प्रस्थान गरेको रिपोर्टहरूले जनाएका छन् ।
बंगलादेश आर्मी प्रमुख जनरल वाकर उज–जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोदन गर्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij