Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

भारतमा विष्फोटमा परी एक नेपालीको मृत्यु

भारतमा विष्फोटमा परी एक नेपालीको मृत्यु

  • काठमाडौं । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लास्थित मावल तालुकमा रहेको एउटा निर्माण फर्ममा भएको विष्फोटमा परी घाइते भएका एक नेपालीको मृत्यु भएको छ ।

    २२ वर्षीय अजयकुमार बजरंगीप्रसाद मौर्यको उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

    मृतक मौर्य परान्दवाडीमा सवारी साधनको स्पेयर पार्ट्स बनाउने कम्पनीमा काम गर्थे । उनी सोही कम्पनीको परिसरमा बस्थे ।

    बिहीबार मौर्यले खाना पकाउन चुल्हो बाल्न रासायनिक पदार्थ प्रयोग गरेको स्थानीय प्रहरीले जनाएको छ । तर, उक्त पदार्थ विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारको लागि नजिकैको अस्पताल लगिएको थियो । अस्पतालमा सर्जरी भइरहेको बेला शनिबार उनको मृत्यु भएको हो ।

    यस सम्बन्धमा सिरगाउँ प्रहरी चौकीमा आकस्मिक मृत्युको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij