
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । काठमाडौंबाट प्रहरीले खुकुरी प्रहार गरी एक युवकलाई घाइते बनाएको आरोपमा ३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका- ३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख घर भई सोही ठाउँ बस्ने २६ वर्षीय कुमार पण्डित र दार्चुला बाँज घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार हात्तिडाँडा बस्ने वर्ष १९ को प्रेम सिंह महरा छन् ।
उनीहरुले आइतबार आलोकनगरस्थित सौराहा होटल नजिकको सडकमा विवाद गर्ने क्रममा कैलालीको धनगढी नगरपालिका-२ घर भई हाल काठमाडौं महानगर-३१ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट केसीको दाहिने हातको औला पूर्ण रुपमा क्षति भएको छ । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij