
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । अहिले चर्चाको केन्द्रमा रहेको प्रभु बैंकको झापा शाखामा भएको घटनाको बारेमा बैंकले स्पष्टीकरण दिएको छ । झापा बिर्तामोड निवासी मञ्जु कुमारी नेपालले ६ महिनाअघि १ करोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको कागजातहरु सहित दावी गरिरहेकी छन् । नेपालका नाममा प्रभु बैंक बिर्तामोड शाखामा राखेको मुद्दती खाताको रकम गायव भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
सोही विषयलाई लिएर बैंकले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत एवम् नक्कली भनेको छ । यस सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बैंकले स्पष्ट पारेको छ ।
बैंकको कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले भनेका छन्, ‘आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij