
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालको दोस्रो बार्षिक साधारणसभामा केन्द्रीय अध्यक्ष विनोद देवकोटाका अध्यक्षमा नौं जना सदस्य चयन भएका छन् । दोस्रो बार्षिक साधारणसभामा नौ जना सदस्यहरुको चयन भएको हो ।
कार्यक्रमा बागमती प्रदेसका सामाजिक बिकास मन्त्री माननीय हरि प्रभा खड्गीको प्रमुख आतिथ्य तथा नेपाल केमिकल तथा हर्वल उद्योग संघका केन्द्रीय अध्यक्ष विनोद देवकोटा सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री हरि प्रभा खड्गीले नेपाल केमिकल तथा हर्वल उद्योग संघको व्यासायिक डायरी बिमोचन गरेका थिए । उनले सो उद्योग आफ्नै मन्त्रालय अन्तरगत पर्ने हुँदा नेपाली उत्पादनलाई बढावा दिन राज्य स्तरबाट नै उत्पादित सामाग्री देश विदेशमा बिक्रीबितरणमा सहजिकरण गर्ने बताए ।
कार्यक्रमका सभापति एंब अध्यक्ष बिनोद देवकोटाले संस्थामा आवद्ध सदस्यहरूको हक हित र अधिकारको लागि जुनसुकै मूल्य चुकाउनु परेपनि पछि नहट्ने जिकिर गरे । संस्थाको लागि व्यावसायिहरूलाई परेको कठिनाईलाई छिचोल्दै अगाडि बढ्ने बताए ।
विशेष अतिथि तारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्याम कृष्ण सापकोटा, नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्रा रहेका थिए । अतिथिमा उद्योग बाणिज्यसंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठ, समाजसेवी तथा राजनीतिककर्मी बिष्णुभक्त तिमिल्सिना, नेपाल ग्यास व्याबसायी संघका अध्यक्ष चन्द्र बहादुर थापा, ट्रेड युनियन कांग्रेसका महासमहासंघका महासचिव सानुभाई सापकोटा , उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष माधव तिमिल्सिना सिप्रदि ट्रेडिङ प्रालिका प्रबन्धक प्रवल श्रेष्ठ, तारकेश्वर ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तथा समाजसेवी कोपिला देवकोटालगाएत विभिन्न संस्थाका महानुभावहरूको उपस्थिति रहेको थिए । कार्यक्रमको उद्घाटन माननीय मन्त्री हरि प्रभा खड्गीले गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij