काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।