
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ ।अपार्टमेन्टमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानियवासी र दमकल समेतको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै १६ जना पुरुष, ५ जना महिला र २ जना बालबालिकालाई सकुशल उद्धार गरिएको हो ।आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij