
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं। धनगढी उपमहानगरभित्र स्थायी रुपमा बसोबास गर्नेले अब भने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र कैलाली शाखाबाट निःशुल्क रगत पाउने भएका छन्।
उपमहानगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज र निःशुल्क उपलब्ध गराउन धनगढी उपमहानगरपालिका र रेडक्रस शाखा धनगढीसँग सम्झौता गरिएको छ । चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि उपमहानगर र रेडक्रस शाखा धनगढीले निःशुल्क रगत पाउने सम्झौता गरिएको हो।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र रेडक्रस कैलालीका सभापती बासुदेव बिनाडीले निशुल्क रगत पाउने सम्झौता गरेका छन ।
सम्झौताअनुसार धनगढी उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत पाउने छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij