Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पल पशुपतिमा प्रकट

पल पशुपतिमा प्रकट

  • काठमाडौं । यतिबेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ । कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

    उक्त कोटिहोममा देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ ।

    सोमबार उक्त कोटिहोममा अभिनेता पल शाह पनि पुगेका थिए । कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन् । त्यसो त कोटिहोममा कलाकारहरुको पनि राम्रै आकर्षण देख्न सकिन्छ ।

    आफ्नी आमा लिएर कोटिहोममा पुगेका अभिनेता पल शाहले १ लाख एक हजार १११ रुपैयाँ दान गरेका छन् । उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij