
Apr 02 2025 | २०८१, चैत २० गते
मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ ।
टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ। यसबारे विस्तृत विवरण भने आइसकेको छैन ।
केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ । केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij