
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ।
कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij