Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डको टिप्पणी– मलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ

प्रचण्डको टिप्पणी– मलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका छन् ।

    AGNI GROUP

    उनले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन्। मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सच्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ ।’

    सो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालम जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि सम्बोधन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij