Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

गाजामा पाँच बन्धकको शव भेट्टायो !

गाजामा पाँच बन्धकको शव भेट्टायो !

  • काठमाडौं । इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको शव फेला पारेको जनाएको छ । यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो ।

    खान युनिसमा अपरेशनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको शव फेला परेको थियो ।

    इजरायली सेनाले भन्यो, “हामीलाई विश्वास छ कि शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ, जबकि सेना प्रमुखको ७ अक्टोबरमा हमलाको क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।”

    इजरायली सेनाले दिएको यो नयाँ जानकारीपछि अब बन्धक बनाएका २५१ जनामध्ये १११ जना अझै हमासको हिरासतमा रहेको विश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij